फर्चुन ५०० ग्लोबल लिस्ट २०२२ मा बीवाईडी

-



     सफल आवाज    
     श्रावण १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ साउन । चिनियाँ विद्युतीय सवारी कम्पनी बीवाईडी २०२२ को फर्चुन ५०० कम्पनीको सूचीमा परेको छ । नेपालका लागि बीवाईडी गाडीहरुको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रेस विज्ञप्तिमार्फत् यस्तो जानकारी दिएको हो ।

इंकका अनुसार बीवाईडीले दीगो विकासका माध्यमबाट सामाजिक सेवाका क्षेत्रमा योगदान दिँदै आएको छ। वर्षौंको अथक प्रयास र मेहनतपछि कम्पनी उच्च प्रविधियुक्त व्यवसायमा जमेको कम्पनी अटोमोबाइल, रेल ट्रान्जिट, नवीन ऊर्जा तथा इलेक्ट्रोनिक्सको क्षेत्रमा व्यापार विस्तार गर्ने योजनामा रहेको छ ।

आफैंले विकास गरेको ब्लेड ब्याट्री, डीएमआई सुपर हाइब्रिड टेक्नलोजी र इप्लेटफर्मको कारण बीवाइडीले सन् २०२१ मा ७ लाख ३० हजार प्यासेन्जर कार बिक्री गर्न सफल भएको कम्पनीको दावी छ ।

बीवाईडीले २०२२ मार्चदेखि आईसी इन्जिनयुकेत सवारीको उत्पादन पूर्णरुपमा रोक्दै कम कार्बन उत्सर्जन गर्ने ब्याट्रीबाट चल्ने विद्युतीय तथा प्लग इन हाइब्रिड विद्युतीय सवारी निर्माणतर्फ जुटिरहेको इंकले जनाएको छ ।