शुभ लक्ष्मी कोष म्युचुअल फण्डका लागि आजदेखि आवेदन खुला

-



     सफल आवाज    
     श्रावण १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ साउन । लक्ष्मी क्यापिटलले आजदेखि शुभ लक्ष्मी कोष नामक खुलामुखी म्युचुअल फण्ड जारी गरेको छ । यो कोष लक्ष्मी क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन गर्ने बताइएको छ ।

लक्ष्मी क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरको कुल ५ करोड इकाईमध्ये न्यूनतम ७५ लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक लक्ष्मी बैंकका लागि छुट्याएर बाँकी रहेको ४ करोड २५ लाख इकाई निष्कासन गरेको  बुझिएको छ । समग्र ४ करोड २५ लाखमध्ये सर्वसाधारणका लागि पहिलो चरणमा १ करोड ७५ लाख इकाई जारी गरिएको हो ।

यसरी पहिलो चरणमा जारी गरिएका १ करोड ७५ लाख इकाई म्युचुअल फण्डका लागि आवेदन दिने मिति आगामी साउन २३ गतेसम्म तोकिएको छ । लक्ष्मी क्यापिटलका अनुसार तोकिएको अवधिसम्म  जारी गरिए अनुसार आवेदन नआएमा यो मित आगामी भदौ २ गतेसम्मका लागि लम्ब्याइनेछ। लगानी गर्न इच्छुकहरुले न्यूनतम १०० तथा अधिकतम ५० लाख इकाईसम्म आवेदन दिनु सक्ने संस्थाले जनाएको छ ।

म्युचुअल फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ भने धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट फण्डका लागि आवेदन दिन सकिने बताइएको छ ।