
काठमाडौं, २० साउन । जनार्दन शर्मा अर्थ मन्त्रीमा पुन: नियुक्त भएलगत्तै बिदामा बसेका अर्थ मन्त्रालयका (अर्थ) सचिव मधु मरासिनीलाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ।
बिहीबार बसेको बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काम गर्नेगरी सरुवा गरेको हो।
जेठ १४ गते बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि मरासिनी अर्थमन्त्री शर्मासँग असन्तुष्ट भएका थिए। उक्त प्रकरणमा सचिवहरुको समेत आलोचना भएपछि उनी बिदामा बसेका थिए।
असार २२ गते प्रतिनिधि सभाले छानबिन समिति गठन गरेपछि शर्माले राजीनामा दिएका थिए। सोही दिन बिदामा बसेका मरासिनी पुन: भोलिपल्ट काममा फर्केका थिए। तर शर्माले छानबिन समितिबाट १७ दिनपछि सफाइ पाएर पुन: सपथ लिँदै मन्त्रालय आएपछि उनी बिदामा रहेका थिए।
शर्मा पुन: अर्थमन्त्री भएपछि मरासिनिले आफू मन्त्रालय नफर्किने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र मुख्यसचिव शंकरदास बैरागीलाई जानकारी गराएका थिए। मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएपछि अर्थ सचिवको जिम्मेबारी राजश्व सचिव कृष्णहरि पुष्करलाई दिइएको छ।
अर्थ मन्त्रालयमा २ सचिव रहने अभ्यास भएपनि नयाँ सचिव नखटाउँदासम्मको लागि पुष्करलाई उक्त जिम्मेबारी दिने निर्णय मन्त्रिपरिषद्ले निर्णय भएको हो।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




