
काठमाडौं, २२ साउन । भारतीय कम्पनी प्योर ईभीको विद्युतीय मोटरसाइकल ईट्रिस्ट नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि प्योर ईभीको आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले केही समयअघि उक्त विद्युतीय मोटरसाइकल नेपालमा सार्वजनिक गरेको र देशभर रहेका १५ डिलरमार्फत बुकिङ गर्न सकिने जनाएको छ ।
कम्पनीका अनुसार हाल बजारमा उक्त मोटरसाइकलको एउटा भेरियन्ट उपलब्ध रहेको छ भने रंगहरु भने फरक फरक छान्न सकिनेछ । यो मोटरसाइकलमा ३.५ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री प्याक र ३.० बीएलडिसी मोटर हब जडान गरिएको छ । यसको अधिकतम पावर ४.० किलोवाट, टर्क ६० एनएम र टप स्पिड ८५ किलोमिटर रहने कम्पनीको भनाइ छ ।
ड्राइभ, क्रसओभर र थ्रील गरी ३ फरक मोडमा चलाउन सकिने यो मोटरसाइकल १६ डिग्रीसम्मको उकालो चढ्न सक्ने र यसको ग्राउन्ड क्लियरेन्स १९८ एमएम रहेको छ ।
८४ भोल्टको चार्जरले ६ घन्टामा फुल चार्ज गर्न सकिने यो मोटरसाइकलले १४० किलोमिटरसम्मको रेन्ज दिन्छ । हाल विद्युतीय मोटरसाइलमा यो भेरियन्ट मात्र उपलब्ध रहेकोमा अझ बढी रेञ्ज दिने अर्को मोडल छिट्टै उपलब्ध गराउन लागिएको कम्पनीले जनाएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




