अभियान लघुवित्तकाे सेयरमा करिब २४ गुणा बढी आवेदन पेश, बाँडफाँड १० कित्ताको दरले हुने

-



     सफल आवाज    
     श्रावण २३ गते २०७९ मा प्रकाशित



काठमाडाैं, २३ साउन । अभियान लघुवित्त वित्तीय संस्थाकाे सेयरमा करीब २४ गुणा बढी आवेदन पेश भएकाे कम्पनीले जनाएकाे छ । संस्थाकाे साउन १८ गतेदेखि ९ लाख ७५ हजार कित्ता सेयर निष्काशन गरिएकाे थियाे ।

सिडिएस एण्ड क्लियरिङ्गले साेमबार बिहासम्म २० लाख ४३ हजार २० जना आवेदकबाट २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ३१ लाख १६ हजार १९० कित्ता सेयर माग गरिएकाे जनाएकाे छ । जाे माग भएकाे ९ लाख ७५ हजार कित्ता सेयरकाे २३.७० गुणा बढी हाे ।

कुल सेयरबाट १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका र ४८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएकाे छ । त्यसबाट बाँकी रहेकाे ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि रहेकाे छ ।

भन्दा बढी आवेदन पेश भएकाेले अब बाँडफाँड १० कित्ताको दरले हुने भएकाे छ । लगानीकर्ताहरू ९१ हजार ३७५ ले सेयर पाउने छन् भने बाँकीकाे हात खालि हुनेछ।

संस्थाकाे चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ रहेकाे छ । सेयर बाडफाँडपछि चुक्ता पूँजी २५ करोड रुपैयाँ हुने भएकाे छ ।