
काठमाडाैं, २३ साउन । ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ मा आवेदन दिने म्याद लम्बिएकाे छ । एभरेष्ट बैंकले साउन १८ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको साे ऋणपत्र बिक्रीमा ल्याएकाे थियाे । अब साे ऋणपत्रमा लगानीकर्ताले भदौ १ गतेसम्म आवेदन दिन पाउने भएका छन्।
एभरेष्ट बैंक लिमिटेडले साउन १८ गतेदेखि निष्काशन वार्षिक १०.५० प्रतिशत ब्याजदर रहेकाे प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरकाे २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो।
रू २० करोड रुपैयाँ बराबरको ८० लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ । बाँकी रहने १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत किसिमले बिक्री गरिने बैंकले जनाएको छ। ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ।
ऋणपत्रकाे अवधि ६ वर्षकाे लागि रहेकाे छ । खरिद गर्न चाहने लगानीकर्ताले घटिमा २५ तथा बढीमा सबै कित्ताका लागि आवेदन दिन पाउनेछन्। लगानीकर्ताले सीआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन्।
केयर रेटिङ्गस नेपालले बैंकलाई केयर एनपी डबल ए माइनस रेटिङ्ग दिएकाे छ। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।






काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित… 



