युनिलिभर नेपालकाे खुद नाफामा ७४.१६ प्रतिशतले वृद्धि, ईपीएस पनि बढ्याे

-



     सफल आवाज    
     श्रावण २३ गते २०७९ मा प्रकाशित



काठमाडाैं, २३ साउन । युनिलिभर नेपाल लिमिटेडले १ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ । कम्पनीले सार्वजनिक गरिएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार याे नाफा कमाएकाे देखिएकाे छ । 

कम्पनीले कमाएकाे याे नाफा अघिल्लो वर्षको साेही अवधिकाेभन्दा ७४.१६ प्रतिशतले बढी हाे । अघिल्लो वर्ष कम्पनीकाे नाफा ८६ करोड रुपैयाँमा सिमित रहेकाे थियाे । 

सञ्चालन आम्दानी बढेर ७ अर्ब ३३ करोड रुपैयाँ भएकाे छ। अघिल्लो वर्ष याे आम्दानी ५ अर्ब ७३ रुपैयाँ थियो। कम्पनीका अनुसार अन्य आम्दानी बढेर १२ करोड २९ लाख रुपैयाँ भएकाे छ । यसअघि याे रू ५ करोड रहेकाे थियाे ।  

कम्पनीको सेयरपूँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा ३ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। अघिल्लो पटक याे २ अर्ब ५१ करोड रुपैयाँ थियो।  

प्रतिसेयर आम्दानी बढेर १ हजार ६२९ रुपैयाँ भएकाे छ। अघिल्लो वर्षमा ईपीएस ९२८ रुपैयाँ रहेकाे थियो। पीई अनुपात ११.२७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ३ हजार ९४२ रुपैयाँ रहेको छ।