नेशनल माइक्रोफाइनान्सकाे खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढ्यो

-



     सफल आवाज    
     श्रावण २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ साउन । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्ममा ४० करोड १५ लाख खुद नाफा आर्जन गरेको छ । कम्पनीको हालै सार्वजनिक उक्त अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा खुद नाफामा बढोत्तरी देखिएको हो ।

समीक्षा अवधिमा लघुवित्तले आर्जन गरेको खुद नाफा रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.१२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३१ करोड ५८ लाख ४१ हजार मात्र खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि बढेको विवरणले देखाएको छ । यी दुवै सूचकमा भएको वृद्धिले समग्र खुद नाफा बढाउन भूमिका खेलेको देखिएको छ ।

यो अवधिमा लघुवित्तले खुद ब्याज आम्दानी २७.६३ प्रतिशत बढाउन सफल भएको छ साथै अन्य सञ्चालन आम्दानीमा पनि ३०.८४ प्रतिशतको वृद्धि देखिएको छ । यस्तै कुल सञ्चालन आम्दानी २८.२५ प्रतिशतले तथा सञ्चालन मुनाफा २७.५३ प्रतिशत बढेको पाइएको छ ।

समीक्षा अवधिको अन्य सूचकमा कम्पनीको प्रति सेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ । यसअघि ५३.८४ रुपैयाँ ईपीएस रहेको कम्पनीले १ वर्षको अवधिमा २४.६० रुपैयाँ बढाएर ६८.४४ रुपैयाँ पुर्याएको छ । यस्तै प्रति सेयर नेटवर्थ २२७.७५ रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

कम्पनीको चुक्ता पुँजी ५८ करोड ६६ लाख रहेको तथा समीक्षा अवधिसम्म जगेडा कोषमा ७४ करोड ९४ लाख सञ्चित रहेको पाइएङ्को छ । कम्पनीले यो अवधिमा सापटीमा ०.२० प्रतिशत, निक्षेपमा २०.७१ प्रतिशत र कर्जा प्रवाहमा १५.८६ प्रतिशतले वृद्धि गरेको छ।