
काठमाडौं, २६ साउन । एभरेष्ट बैंकले निष्कासन गरेको ऋणपत्रका लागि बिहीबारसम्म मागको १६.५ प्रतिशतका लागि मात्रै आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार बिहान १० बजेर २ मिनट जाँदासम्म उक्त कम्पनीले जारी गरेको २० लाख कित्तामध्ये ५ हजार २०४ आवेदकले ३३ करोड ६१ हजार रुपैयाँ बराबरको ३ लाख ३० हजार ६१ कित्ताका लागि आवेदन दिएका छन् ।
बैंकले गत साउन १८ गते २ अर्ब बराबरको ऋणपत्र बिक्रीका लागि आवेदन खुलाएको थियो । बैंकले ६ वर्ष अवधिकाे ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र–२०८५’ नामकाे ऋणपत्र बिक्रीमा ल्याएकाे हाे । याे सेयरबाट लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन्।
बैंकले १ हजार अंकित मूल्यकाे २० लाख इकाइकाे बिक्री खुल्ला गरेकामा १२ लाख इकाइ व्यक्तिगत किसिमले बिक्री गरिने र ८ लाख इकाइ सर्वसाधारणका लागि छुट्याइने व्यवस्था गरिएको थियो । त्यसमध्ये ४० हजार इकाइ सामूहिक लागानी कोषका लागि छुट्याइएकाेले सर्वसाधारणले ७ लाख ६० हजार इकाइका लागि आवेदन दिन पाउने गरी ऋणपत्र खुलाइएको हो ।
ऋणपत्रमा घटीमा २५ र बढीमा १ लाख इकाइका लागि आवेदन दिन पाइने छ । लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सी–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र शाखाहरुबाट आवेदन दिन पाउनेछन् । यसका साथै मेरो सेयर अनलाइन र एप्सबाट पनि आवेदन दिन पाइनेछ ।
सुरुमा साउन २२ गते अन्तिम म्याद तोकिसकोमा उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेकाले यो अवधि आगामी भदौ १ गतेसम्मका लागि लम्ब्याइएको छ ।






काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म…
काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा… 



