
काठमाडौं, २७ साउन । सरकारले अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सचिवको जिम्मेवारी दिएको हो ।
यसअघिका अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवापछि रिक्त पदमा तत्कालका लागि पुष्करलाई अर्थ सचिवको जिम्मेवारी दिएको थियो ।
त्यसैगरी बैठकले राजस्व सचिवको जिम्मेवारी भने रामेश्वर दंगाललाई दिएको छ ।
अर्थमन्त्री जनार्दन शर्मामाथि चालु आवको बजेटमा अनधिकृत व्यक्तिको प्रवेश गराइ करका दर हेरफेर गरेको आरोप लागेपछि सचिव मरासिनी विदामा बसेका थिए ।
तर अर्थमन्त्री शर्माले राजीनामा दिएपछि काममा फर्किएका मरासिनीलाई अर्थमन्त्रीमा फेरि शर्मा नै आएपछि प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




