
काठमाडौं, २७ साउन । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि छुट्याइएको आवेदन दिन सकिने सङ्ख्या (कोटा) बढाएको छ । मन्त्रालयले लाइसेन्सका लागि आवेदन दिने र वर्ग थप गर्ने आवेदकहरुको चापलाई ध्यानमा राख्दै त्यसको व्यवस्थापनका लागि आज शुक्रबारदेखि आवेदन दिन सकिने कोटामा वृद्धि गरेको हो ।
मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गरी आज २७ गते शुक्रबार अपराह्न ४:३० बजेदेखि लागू हुने गरी बागमतीका विभिन्न ५ ओटा यातायात व्यवस्था कार्यालयमा यो सङ्ख्या थप गरिएको जानकारी दिएको हो ।
उक्त सङ्ख्या वृद्धि लागू गरिएका यातायात व्यवस्था कार्यालयमा ललितपुरको एकान्तकुना, काठमाडौंको ठूलो भर्याङ, चाबहिल, भक्तपुरको राधेराधे र मकवानपुरको हेटौंडा कार्यालय रहेका छन् । मन्त्रालयका अनुसार आवेदकहरुको चाप बढेकाले यसअघि लिने गरिएको दैनिक आवेदन संख्याको तुलनामा करिब १ हजार २ सयले वृद्धि गरिएको हो ।
लाइसेन्स लिन वा वर्ग थप गर्न चाहने सेवाग्राहीले अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् मन्त्रालयले जानएको छ । यसरी आवेदन दिँदै सम्बन्धित दिनको कोटा सकिएमा अर्को दिनको लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।









नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




