
काठमाडौ, २७ साउन । नाडा अटाेमाेबाइल्स एसाेसिएसन अफ नेपालले ईभी एक्सपो–२०२२ आगामी असोज ६ गतेदेखि असोज ९ गतेसम्म काठमाडौं भृकुटीमण्डपमा गर्ने भएकाे छ।
नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको आठौं बैठकले पहिलोपटक नाडा ईभी एक्सपो आयोजना गर्ने निर्णय गरेको हाे ।
सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भाद्र १४ गतेसम्मको लागि विस्तार गरे पछि नाडाले इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको हो ।
नाडाका अनुसार २०७९ भाद्र १ गते देखि ५ गतेसम्म स्टल बुकिङ्कका लागि सूचनासमेत प्रकाशित गरिने नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए।
नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सबैलाई एक्सपोमा सहभागि हुन अनुरोध गरेका छन् । नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपोलाइ निरन्तरता दिदै आएको छ।
यसअघि २०७९ भाद्र ७ गते देखि १२ गतेसम्म सम्पन्न गर्ने भनिएको नाडा अटो एक्सपो २०२२ स्थगित गरिएको थियाे । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को श्रावण १ गते देखि खोल्ने भनिएको थियाे ।
सो समयावधि अझ थप गरेर २०७९ भाद्र १४ गतेसम्मका लागि विस्तार गरिनुका साथै १५० सि.सि भन्दा माथिका दुई पाँग्रे सवारी साधनहरुको आयातमासमेत थप प्रतिवन्ध लगाएपछि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले स्थगित गर्ने निर्णय गरेकाे थियाे ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




