हिमालयन डिस्टिलरीको नाफा १ अर्बमाथि, कस्ता छन् अन्य सूचक ?

-



     सफल आवाज    
     श्रावण २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ साउन । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५ करोडभन्दा बढी खुद नाफा आर्जन गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको साे अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १ अर्ब ५ करोड ५२ लाख ९१ हजार रहेको छ ।

नाफाको यो आँकडा अघिल्लो आर्थिक वर्ष अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिसम्मको तुलनामा केही बढेको हो । सार्वजनिक विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा कम्पनीले १ अर्ब ४ करोड १३ लाख ९६ हजार खुद नाफा आर्जन गरेको थियो । यसरी हेर्दा १ वर्षको अवधिममा कम्पनीको खुद नाफामा १.३ प्रतिशत अर्थात् १३ करोड ८९ लाख ५ हजार रुपैयाँले वृद्धि भएको छ ।

यो अवधिमा कम्पनीको आम्दानी १६.५४ प्रतिशत र कुल नाफा १२.५० प्रतिशत बढेको छ। त्यसैगरी कुल सञ्चालन आम्दानी ९.१६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ०.५० प्रतिशत घटेको छ।

अघिल्लो आर्थिक वर्षमा सञ्चालन आम्दानी २ अर्ब २९ करोड ७९ लाख रहेकामा गत आर्थिक वर्षमा बढेर २ अर्ब ५० करोड ८४ लाख पुगेको छ । यस्तै सञ्चालन मुनाफा भने ऋणात्मकतर्फ गएको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफा १ खर्ब ४७ करोड ६४ लाख रहेकामा केही घटेर गत आर्थिक वर्षमा आइपुग्दा १ अर्ब ४६ करोड ९१ लाख रुपैयाँमा आइपुगेको छ ।

यस्तै समीक्षा अवधिमा कपनीको प्रति सेयर आम्दानी अर्थात् ईपीएस ६९.५० रुपैयाँ छ । यसका साथै प्रति सेयर नेटवर्थ १८७.२२ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात अरथात् पीई रेसियो ४९.०७ रुपैयाँ रहेको विवरणले देखाएको छ ।