
काठमाडौं, ३१ साउन । चीनले नेपालमा उत्पादन हुने चियालाई चिनिया बजार खुला गर्ने भएको छ । नेपालका परराष्ट्र मन्त्रीको चीन भ्रमणका बेला चीन नेपाल चियालाई आफ्नो बजार खुला गर्न सहमत भएको हो । चीनले नेपाली चियाका लागि आफ्नो बजार खुला गर्ने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारततर्फ चिया निर्यातमा व्यवसायीलाई अवरोधको गुनासो आइरहँदा चीनले बजार खुला गर्नु सकारात्मक भएको मन्त्रालयले जनाएको छ । नेपाल चिया तथा कफी विकास बोर्डकाअनुसार नेपालले दुई वर्षदेखि नेपाली चियाका लागि चिनियाँ बजार खुल्ला गर्न आग्रह गर्दै आएको थियो ।
चीनले नेपाली चियाका लागि बजार खुला गरेको बोर्डका अध्यक्ष डा. बिष्णुप्रसाद भट्टराईले जानकारी दिए । नेपालको चिया चीनमा निर्यातबारे गत मंसिरमा पठाएको मोडालिटीमा पनि बेइजिङले सहमति जनाएको उनले बताए ।अब द्रूत गतिबाट समझदारी कार्यान्वनयनका लागि नेपालले गर्न पर्ने कामहरु आपसरी समन्वयमा हुने पनि बोर्डले जनाएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




