
काठमाडौं, ३१ साउन । नेपाल राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गर्नु गैरकानुनी कार्य भएको भन्दै कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीसम्बन्धी कारोबारमा संलग्न हुनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
केन्द्रीय बैंकले यसअघि पनि नेपालमा बिटक्वाइन क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङ अन्तर्गतको कारोबार वा व्यवसाय गर्नु गैरकानुनी रहेको र यस प्रकारका कार्यमा संलग्न नहुन पटक पटक सूचनामार्फत् आग्रह गरिसकेको छ ।
हालै राष्ट्र बैंकले फेरि सोही प्रकारको सूचना जारी गर्दै क्रिप्टोकरेन्सीलगायतका कारोबार नगर्न आग्रह गरेको हो । सोमबार जारी सूचनामा नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी तथा स्टेबलक्वाइन समेतले कानुनी मान्यता नपाएको, नेपालमा कानूनी ग्राह्य नभएको र नेपाल सरकारको जमानत प्राप्त नभएको र यस बैंकले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएकोले यिनीहरुको कारोबार गैरकानूनी रहेको उल्लेख छ ।
यसबाहेक भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी तथा स्टेबलक्वाइन समेत पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपर फण्डमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतार-चढाव, सट्टेबाजी आदि सम्बन्धी जोखिमहरु अन्तरनिहित हुने विषय समेत स्मरण गराएको छ ।
नेपालभित्र बसोबास गर्ने नागरिक फर्म/ कम्पनी संस्था (विदेशी समेत) र नेपाल बाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपाल बाहिर रहेका, फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीहरुले यस प्रकारका कुनै पनि कारोबार गरे गराएको पाइएमा तथा सोको प्रयोग/ संलग्नता सदस्यता, लगानी स्वामित्व ग्रहण स्थानान्तरण / विप्रेषण/ विनिमय / माइनिङ सम्बन्धी कार्य गर्ने गराएको पाइएमा प्रचलित कानू बमोजिम कारबाही हुने राष्ट्र बैंकले जनाएको छ।







काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



