
काठमाडौं, १ भदौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताएका छन् । आज काठमाडौंमा आयोजित प्राधिकरणको ३७ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन् । उनले प्राधिकरणलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाउँदै प्राधिकरणले बिजुली निर्यातको विषयमा चिन्ता लिन आवश्यक रहेको औंल्याए ।
घिसिङले भने, ‘प्राधिकरण चिन्ता मात्रै व्यक्त गरेर बसेको भए नेपाल अझै लाडशेडिङमा र प्राधिकरण घाटामा नै भइरहने थियो । चिन्तासँगै त्यसको समाधान र व्यवस्थापन पनि छ । जति हामीले जोखिम मोल्छौँ त्यति प्राधिकरणलाई फाइदा हुन्छ । अहिले प्राधिकरण निजी क्षेत्रबाट बिजुली उत्पादन कम्पनी अगाडि आउनुपर्छ भनेर अगाडि बढेको छ । आउँदा दिनमा प्राधिकरणको नाफाकाे ग्राफ अझै उकालो लाग्छ ।’
उनले प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जामन्त्री पम्फा भुसालको आगमनसँगै प्राधिकरणले बिजुली व्यापार गर्न सफल भएको बताउँदै आउँदा दिनमा अझ राम्रो बन्दै जाने विश्वास व्यक्त गरे । उनले बिजुली निर्यातको विषयमा चिन्ता नलिन सुझाउँदै प्राधिकरणलाई कसरी व्यवस्थित गर्ने तथा कर्मचारीले बढीभन्दा बढी काम गरेर प्राधिकरणलाई उत्कृष्ट संस्थाको रूपमा अगाडि बढाउने कुरामा गम्भीर हुनुपर्नेमा जोड दिए ।
कार्यकारी निर्देशक घिसिङले प्राधिकरणका कर्मचारीलाई तलब खुवाउनसमेत ऋण लिनुपर्ने अवस्थाको अन्त्य भएको बताउँदै कर्मचारीले बोनस लिने निर्णय नहुँदै अख्तियारदेखि १० ठाउँबाट पत्र आउने जानकारी दिए । प्राधिकरणले कर्मचारीको वृत्ति विकास र सेवा सुविधामा चार वर्षमा ठूलो फड्को मारको उनको ठम्याई छ ।






काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित… 



