
काठमाडौं, ३ भदौ । बैंक अफ काठमाण्डू लिमिटेडले भदौ २ गते बिहीबार जारी गरेको वार्षिक १०.५० प्रतिशत ब्याजदर रहेको ऋणपत्रमा पहिलो दिन साँझसम्म १४ हजार ४१३ कित्ताका लागि आवेदन परेको छ। उक्त अवधिसम्म कुल १७५ आवेदकका तर्फबाट जम्मा १४ हजार ४१३ कित्ताका लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।
सिडिएस एण्ड क्लियरिङले अद्यावधिक गरेको भदौ २ गते साँझ ५ बजेर ३ मिनेटसम्मको तथ्याङ्क अनुसार कुल जारी ११ लाख कित्तामध्ये १४ करोड ४१ लाख ३ हजार रुपैयाँ बराबरको १४ हजार ४१३ कित्ताका लागि आवेदन परेको हो ।
बैंकले ७ वर्ष अवधियुक्त प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य भएका १ अर्ब १० करोड रुपैयाँ बराबरको ‘बिओके डिबेन्चर, २०८६ (क)’ नामको ११ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । ११ लाख कित्तामध्ये कम्पनीले ६० प्रतिशतले हुन आउने ६ लाख ६० हजार थान व्यक्तिगत तवरबाट बिक्री गर्ने र बाँकी ४० प्रतिशतले हुन आउने ४ लाख ४० हजार थान भने सर्वसाधारणका लागि छुट्याएको छ ।
यसरी उपलब्ध ऋणपत्रका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार सर्वसाधारणका लागि छुट्याइएको ४ लाख ४० हजारमध्ये ५ प्रतिशतले हुन आउने २२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ।
बैंकले ऋणपत्र खरिदका लागि आगामी भदौ ७ गते मंगलबार सम्म समय तोकेको छ । तोकिएको मितिभित्र माग बमोजिम आवेदन नपरेको खण्डमा आगामी भदौ १६ गतेसम्मका लागि म्याद थप गर्नेछ । उक्त ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने इच्छुक लगानीकर्ताले सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।






काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित… 



