सुजुकी एभेनिस स्कुटर नेपालमा सार्वजनिक हुँदै, बुकिङ खुला

-



     सफल आवाज    
     भाद्र ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ भदौ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भीजी सुजुकीले सुजुकी एभेनिस १२५ को बुकिङ खुल्ला गरेको छ । कम्पनीले यो स्कुटर आगामी भदौ ६ गते नेपालमा आधिकारिक रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

बुकिङका लागि कम्पनीले सुजुकीको आधिकारिक शोरुममा सम्पर्क गर्न सकिने जनाएको छ । भीजी सुजुकीले एभेनिस १२५ को मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बुकिङ लिन सुरु गरेको हो । प्राविधिक हिसाबले यो स्कुटरमा १२४.३ सीसी २ भल्भ इन्जिन रहेको छ । यो इन्जिनले ८.७ पीएस पावर तथा १० एनएम टर्क जेनेरेट गर्छ ।

एभेनिस १२५ मा चार्जिङ पोर्ट, डिजिटल कन्सोल, एलईडी हेडल्याम्प तथा टेलल्याम्प, एलईडी डिआरएल जस्ता फिचरहरु रहेका छन् । यसैगरी स्कुटरको फ्रन्टमा ग्लोबक्स, साइड स्ट्यान्ड इन्जिन कट फिचर पनि समावेश गरिएको कम्पनीले जनाएको छ । यसको सिधा प्रतिस्पर्धा नेपाली बजारमा एनटर्क १२५ र होन्डा ग्राजिया १२५ सँग हुने देखिएको छ ।