नेपाली बजारमा चिनियाँ ब्रान्ड आइमाका इलेक्ट्रिक स्कुटर

-



     सफल आवाज    
     भाद्र ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ भदौ । चिनियाँ विद्युतीय सवारी ब्रान्ड आइमाका इलेक्ट्रिक स्कुटर नेपालमा उपलब्ध भएका छन् । हालै आइमाको आधिकारिक वितरकको रुपमा हिमाल ईभी मोटर्स प्रालिले उक्त काठमाडौंको त्रिपुरेश्वरमा शोरुम सञ्चालनमा ल्याउँदै स्कुटरहरु उपलब्ध गराएको हो ।

कम्पनीले नेपाली बजारमा ४ वटा मोडल उपलब्ध गराएको छ । यी मध्ये एक्स६१२ ईईसीको मूल्य ५ लाख १५ हजार, एक्स६११ ईईसीको मूल्य ४ लाख ५८ हजार, टाइगर एस५ को मूल्य १ लाख ८४ हजार र माइन प्लसको मूल्य २ लाख ७४ हजार रुपैयाँ तोकिएको छ ।

हिमाल ईभी मोटर्सका सञ्चालक तथा आईटी इन्जिनियर गौरव बजाजले विद्युतीय स्कुटरमा प्रिमियम ब्रान्ड भित्र्याउन सफल भएको दावी गरे । उनका अनुसार नेपालभर सो स्कुटर बिक्री–वितरण गर्ने र आगामी दिनमा एसेम्बल प्लान्ट समेत स्थापना गर्ने लक्ष्य कम्पनीको रहेको छ ।