
काठमाडौं, ७ भदौ । हिमालयन बैंक लिमिटेडले वार्षिक आगामी भदौ १५ गतेबाट २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैकले वार्षिक १०.५ प्रतिशत ब्याजदरयुक्त ७ वर्ष अवधि भएको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
बैंकले बिक्री खुला गर्न लागेको ऋणपत्रको अंकित मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ रहेको छ भने जम्मा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारी हुने बैंकले जनाएको छ ।
बैंकका अनुसार यसरी जारी हुने २५ लाख कित्तामध्ये ४० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । बाँकी ६० प्रतिशतले हुन आउने डेढ अर्ब रुपैयाँ बराबरको १५ लाख हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।
सर्वसाधारणका लागि छुट्याइएको १० लाखमध्ये ५ प्रतिशतले हुन आउने ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुले पाउने व्यवस्था गरिएको छ ।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार उक्त ऋणपत्र खरिदका लागि छिटोमा भदौ १९ गतेसम्ममा आवेदन दिनुपर्नेछ । तोकिएको अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा आगामी भदौ २९ गतेसम्म म्याद थपिने बुझिएको छ ।
उक्त ऋणपत्रका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । खरिदका लागि सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।







काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित… 



