
काठमाडौं, ८ भदौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज ३ लाख ९ हजार २९५ कित्ता आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले आफ्नो सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा सेयर बाँडफाँट गरेको हो ।
लघुवित्तले साउन २४ गतेदेखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको थियो । निष्कासित ३ लाख ३१ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको थियो ।
त्यसपछि बाँकी रहेको ३ लाख ९ हजार २९५ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिनसक्ने व्यवस्था गरिएको थियो । सो आईपीओमा परेको कुल आवेदनमध्ये १८ लाख ६४ हजार ६४० आवेदन स्वीकृत भएका र १ हजार २८६ आवेदन भने रित नपुगेकाले बाँडफाटका लागि अस्वीकृत भएका थिए ।
रित पुगेका १८ लाख ६४ हजारर ६४० आवेदकलाई एउटै समूहमा राखेर ३० हजार ९२९ जनालाई १० कित्ताका दरले गोलाप्रथा विधिबाट ३,०९,२९० कित्ता बाँडफाँट गरिएको थियो । यसपछि बाँकी रहेको ५ कित्ता सेयर पनि आवेदकहरु मध्येबाट थप ५ जना छनौट गरी प्रति व्यक्ति १ कित्ताका दरले ५ कित्ता समेत गरी जम्मा ३,०९,२९५ कित्ता सेयर नियमनकारी निकायका प्रतिनिधिहरुको रोहबरमा निष्कासन गररिएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएकोमा स्वीकृत आवेदनमध्ये ३० हजार ९२९ जनाले १० कित्ताका तथा तीमध्ये ५ जनाले थप १-१ कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।






काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित… 



