
काठमाडौं, ९ भदौ । इष्टर्न हाइड्रोले गत भदौ २३ गते गतेबाट निष्कासन गरेको ६ लाख २० हजार कित्ता सेयरका लागि मागको १.५ प्रतिशतमात्र आवेदन परेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार उक्त सेयरका लागि आवेदन दिने अन्तिम म्याद आगामी भदौ २१ गते सम्म तोकिएको छ ।
सेयर जारी भएको तेस्ररो दिन आज बिहान १० बजेसम्म १०९ आवेदकले उक्त कम्पनीको ९३०० कित्ता सेयररका लागि आवेदन दिएका छन् । प्रतिकित्ता रु १०० अंकित दरमा ६ लाख २० हजार कित्ता सेयरमा आयोजनाबाट प्रभावित भएका भोजपुर जिल्लाका सम्पूर्ण जनताले आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको उक्त सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटिमा १० तथा बढीमा १ लाख कित्ता सेयरमा आवेदन पेश गर्न पाउने र यसको प्रारम्भिक अन्तिम म्याद भदौ २१ गलाई तोकिएको छ ।
कम्पनीले तोकिएको उक्त मितिसम्म माग अनुसारको आवेदन नपरेको खण्डमा आगामी असोज ५ गतेसम्म आवेदन दिने म्याद लम्बेयाउने बताएको छ । यो सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक तथा लक्ष्मी बैंकका भोजपुरमा रहेका शाखाहरुबाट आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



