
काठमाडौं, ९ भदौ। नेपाल पुनर्बीमा कम्पनीले साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको भदौ ९ गते बसेको बैठकले लाभांश पारित गर्ने लगायतका एजेन्डा समावेश हुने उक्त साधारण आगामी भदौ ३० गते बिहीबार बोलाउने निर्णय गरेको हो । कम्पनीका अनुसार उक्त दिन बिहान ११ बजे कार्की ब्याङ्केट, बबरमहलमा साधारणसभा शुरु हुनेछ।
साधारणसभाले चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँको ५ प्रतिशतले हुन आउने ५८ करोड २५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश पारित गर्ने एजेण्डा रहेको छ । बोनस शेयर बाँडेपछि कम्पनीको हालको चुक्ता पुँजी बढेर १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ पुग्ने बताइएको छ ।
कम्पनीले यो साधारण सभा तथा लाभांश वितरणका हिसाबले आगामी भदौ १९ गतेलाई बुक क्लोज मिति तोकेको छ । यस हिसाबले भदौ १८ गतेसम्म कायम सेयरधनी मात्र कम्पनीको लाभांशका लागि योग्य हुनेछन् ।






काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित… 



