सुपर सोको टीएस स्ट्रीट हन्टर नेपाल आउँदै, बुकिङ खुला

-



     सफल आवाज    
     भाद्र १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० भदौ । सुपर सोकोको टीएस स्ट्रीट हन्टर विद्युतीय मोटरसाइकल नेपाल आउने भएको छ । कम्पनीका इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता डि लाइफ स्टाइलले टीएस स्ट्रीट हन्टरको बुकिङ खुला गरेको छ ।

कम्पनीका अनुसार टीएस स्ट्रीट हन्टर भदौको अन्तिम हप्तासम्म नेपालमा आइसक्ने र अहिले बुकिङ गरेकाहरुलाई असोजको सुरुवातमा डेलिभरी दिन सुरु गरिनेछ ।

नेपालमा आउँदै गरेको यो विद्युतीय मोटरसाइकल टीएस स्पोर्टस् डिजाइन मोटरसाइकल भएको कम्पनीको दावी छ ।  यसमा आर्कषक एलईडी डिआरएलसहितको हेडल्याम्प, ठूलो बुट स्पेस तथा आरामदायी सिट दिइएको छ । यसैगरी १७ इन्चको टायर तथा कम्बी ब्रेकिङ सिस्टमयुक्त दुवै चक्कामा डिस्क ब्रेक पनि उपलब्ध गराइएको छ ।

यसको उच्च गति ७५ किलोमिटर प्रतिघन्टा १८४ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको बताइएको छ । सिंगल र डबल ब्याट्री गरी दुई विकल्पमा उपलब्ध यो मोटरसाइकलको सुरुवाती मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ तथा डबल ब्याट्रीको ४ लाख ७८ हजार ९०० रुपैयाँ तोकिएको छ ।