
काठमाडौं, १२ भदौ । टाटा मोटर्स इन्डियाले नेक्सन, ह्यारियर र सफारीको जेट एडिसन भारतमा सार्वजनिक गरेको छ । टाटाले जेट एडिसनमा ल्याएमध्ये सबैभन्दा सस्तो मोडल नेक्सन र महंगो मोडल सफारी भएको बताइएको छ ।
भारतमा नेक्सन जेट एडिशनको मूल्य १२ लाख १३ हजारदेखि सुरु भएको छ । जेट एडिसनका नेक्सन र सफारी जेट एडिसनमा ४-४ भेरियन्ट तथा ह्यारियरको भने दुई भेरियन्ट मात्रै उपलब्ध छन् ।
कम्पनीका अनुसार जेट एडिसन सफारी र ह्यारियरमा सुरक्षा फिचर थप गरिएको छ । यी गाडीमा चालकका लागि सहयोगी हुने पेनिक ब्रेक अलर्ट, आफ्टर इम्प्याक्ट ब्रेक, ड्राइभर ड्रनेस अलर्ट, चारवटै चक्कामा डिस्क ब्रेक, नयाँ हेडरेष्ट, इलेक्ट्रोनिक्स पार्किङ ब्रेक जस्ता फिचर पाउन सकिन्छ। यसैगरी कम्पनीले पहिलो पटक नेक्सनमा वायरलेस चार्जर समावेश गरेको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




