
काठमाडौं, १३ भदौ । टीभीएसले धनगढी क्षेत्रमा आपाचे ओनर ग्रुप (एओजी) राइड आयोजना गरेको छ । उक्त राइड गत भदौ ११ धनगढीको वागेश्वरी अटोमोटिभ्स देखि स्टेट ७ होटल गोदावरीसम्म आयोजना गरिएको र कार्यक्रममा ४० जना राइडरको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
उक्त राइडमा युट्युबर रुपेश विक, भ्लगर चिरञ्जिवी उपाध्याय र टिकटकर लोकेश ठकुरी लगायतले पनि सहभागिता जनाएका थिए । उनीहरुले धनगढी क्षेत्रमा हालसम्म यस किसिमको राइडको आयोजना नभएको बताउँदै टिभिएसको आयोजनामा यसपटक राइड आयोजना भएकोमा खुशी व्यक्त गरे ।
कम्पनीका अनुसार हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी र नारायणी च्यापटरमा सम्पन्न भइसकेको छ । यो अभियानमा सहभागीहरुले यसलाई मन पराएकाले अन्य क्षेत्रमा पनि आयोजना गर्ने कम्पनीको योजना रहेको छ ।
नेपालमा टीभीएस दुई पाङ्ग्रे सवारीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.को देशभर १३८ भन्दा बढी डिलर र २०० भन्दा बढी सेवा तथा स्पेयर पार्ट्स स्टेशनहरू रहेका छन्।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




