
काठमाडौं, १४ भदौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्नका लागि बोर्डलै अपराह्न साढे ३ बजे बैठक बोलाएको छ ।
आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले बताए । बोर्डले आजै मात्र मोबाइलमार्फत नतिजा हेर्न भनेर लिंक पनि सार्वजनिक गरेको छ ।
जस अनुसार ल्याण्डलाइन वा मोबाइलबाट १६०१ डायल गरी निर्देशन अनुसार सिम्बल नम्बर थिच्ने वा एसएसएसमार्फत् एनईबी टाइप गरेर १६०१ मा पठाउन सकिनेछ । यसबाहेक https://neb.ntc.net.np लग इन गरेर पनि कक्षा १२ को नतिजा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।
आंशिक, ग्रेड वृद्धि र नियमित विद्यार्थीहरुको छुट्टाछुट्टै गरी तीनथरि नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माको भनाइ छ । यीमध्ये ग्रेड वृद्धि र आंशिक परीक्षार्थीको नतिजा अक्षराङ्कन पद्धति अनुसार प्रकाशन हुने र नियमित तर्फको परीक्षार्थीको लेटर ग्रेडिङ हुने बताइएको छ ।
लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङ्क ल्याउनुपर्नेछ । तोकिएको अङ्क भन्दा कम ल्याएमा एनजी (नन ग्रेडेड) लेखिनेछ । एनजी लेखिएका प्रमाणपत्रले माथिल्लो कक्षा पढ्न नपाइने व्यवस्था छ ।






काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित… 



