
सांकेतिक तस्बिर
मोरङ, १५ भदौ । प्रदेश सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमार्फत् चार वर्षमा २ सय १७.७२ किलोमिटर कालोपत्र सडकको निर्माण भएको छ । उक्त मन्त्रालयका सूचना अधिकारी इञ्जिनीयर ललित चौधरीका अनुसार प्रदेश नं १ का १४ जिल्लामा विगत चार वर्षमा उक्त सडक निर्माण भएको हो ।
प्रदेश सरकार स्थापनाको चार वर्षमा आर्थिक वर्ष २०७५-७६ मा २६.१८ किमी, २०७६-७७ मा ५२.२१ किमी, २०७७-७८ मा ४०.६१ किलोमिटर र आव २०७८-७९ मा ९८.७२ किलोमिटर कालोपत्र निर्माण सम्पन्न भएको उनले जानकारी दिए ।
सडक मर्मत र ग्राभेल
यसैगरी त्यति नै समयमा ८ सय १९.८२ किमी सडक मर्मत गरिएको छ । जसमा आर्थिक वर्ष २०७५-७६ मा ६ सय एक किलोमिटर, २०७६-७७ मा ६१.५४ किमी, २०७७-७८ मा ५१.१३ किमी र आव २०७८-७९ मा १ सय ६.१६ किमी सडक मर्मत गरिएको हो ।
सोही अवधिमा ८ सय ९५.७५ किलोमिटर सडक ग्राभेल गरिएको छ । जसमध्ये आर्थिक वर्ष २०७५-७६ मा १ सय २८.९ किलोमिटर, २०७६-७७ मा २ सय ११.३५ किलोमिटर, २०७७-७८ मा १ सय ७५.३१ किलोमिटर र आव २०७८-७९ मा ३ सय ८०.१९ किलोमिटर सडक ग्राभेल गरिएको छ ।
कच्ची सडक र ट्र्याक
यसैगरी सोही अवधिमा ८ सय ५९.३७ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५-७६ मा १ सय ८१.३ किलोमिटर, २०७६-७७ मा चार सय ७७.८२ किलोमिटर, २०७७-७८ मा १ सय ९.१९ किलोमिटर र २०७८- ७९ मा ९१.७ किमी कच्ची सडक निर्माण गरिएको छ ।
मन्त्रालयले उक्त अवधिमा पहाडी क्षेत्रमा २ सय ५४.३६ किलोमिटर सडकको ट्र्याक खोलिसकेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५-७६ मा ७.५ किमी, २०७६-७७ मा १ सय ४२.५९ किलोमिटर, २०७७-७८ मा ५५.१९ किलोमिटर र आव २०७८-७९ मा ४९.८ किलोमिटर सडकको ट्र्याक खोलिएको चौधरीले जानकारी दिए । सोही अवधिमा ८. ४६ किलोमिटर सडक ढलान गर्ने कार्य सम्पन्न गर्नुका साथै १६.८८ किमी सडक सोलिङ गरिएको छ ।
मोटरेबल र झोलुङ्गे पुल
मन्त्रालयले सोही अवधिमा प्रदेशमा ५५ वटा मोटरेबल पुलको निर्माण गरेको छ । जसमा आर्थिक वर्ष २०७५-७६ मा १०, २०७६-७७ मा १२, २०७७-७८ मा ८ र आव २०७८-७९ मा २५ पुल निर्माण सम्पन्न भएका छन् ।
यस्तै प्रदेशभरिमा १ सय ५ वटा झोलुङ्गे पुल निर्माण भएका छन् जसअन्तर्गत आर्थिक वर्ष २०७५-७६ मा ७, २०७६-७७ मा २९, २०७७-७८ मा ४४ र आव २०७८-७९ मा २५ वटा झोलङ्गे पुल निर्माण भएका हुन् ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




