
काठमाडौं, १५ भदाै । एनआईसी एशिया बैंकले लक्ष्यमा पुग्नका लागि हरेकमा अठाेट हुनुपर्ने र त्यस्ताे अठाेट भयाे भने लक्ष्यमा पुग्न कुनै कठिनाइ नहुने सन्देश दिने एउटा श्रव्य सामग्री सार्वजनिक गरेकाे छ । बैंकले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने सन्देशसहितको भिडियो सार्वजनिक गरेको हाे।
बैंकले सार्वजनिक गरेको यस भिडियो सन्देशमा दृढ इच्छाशक्ति, गहिराे लगाव र अठोटले लागिरहे सफलता प्राप्त गर्न सकिने कुरालाई विशेष जाेड दिएकाे छ । मानिसलाई लक्ष्यमा पुर्याउन उनीहरुमा लगनशिलता, बुद्धि, विवेक, बल तथा अठाेट चाहिन्छ । त्यसपछी मानिसमा भएकाे त्यहि उच्च अठाेटकाे कारण सफलताकाे उचाइमा पुग्न सकिने सन्देश भिडियाेबाट दिन खाेजिएकाे छ ।
बैंक स्थापनाको २५ वर्षमा प्रवेश गरेकाे छ । याेसँगै बैंकले हाँसिल गरेका महत्वपूर्ण उपलब्धिहरुलाई आत्मसाथ गरेर पाँचवर्षे ‘अठोट २०२२–२०२७’ रणनीति पनि बनाएकाे छ। यसकाे मक्सद बैंकले आफूलाई ग्राहककाे पहिलो रोजाइको बैंक बन्ने दृढ संकल्प र अठोट लिएर अगाडि बढिरहेको छ भन्ने हाे।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक भएकाे छ ।
देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरी बैकिङ्ग सेवा प्रवाह गर्दै आएको छ ।
‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भिडियो हेर्नुहोस् ।






काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित… 



