
काठमाडौं, १६ भदौ । सरकारले आयातमा प्रतिबन्ध लगाएका वस्तुहरुको प्रतीतपत्र (एलसी) नखोल्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाइ निर्देशन दिएको छ ।
एक सूचना जारी गर्दै केन्द्रीय बैंकले गत भदौ १३ गते नेपाल राजपत्रमा प्रकाशित भए अनुसार सरकारले प्रतिबन्ध लगाएका सामग्रीहरुको एलसी नखोल्न भनेको निर्देशन दिएको हो ।
उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गतेसम्मका लागि आयात प्रतिबन्ध लागेका १० विलासी वस्तुमध्ये कुर्कुरे, कुर्मुरे, लेज र यस्तै उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि), सबै प्रकारका खेलौना र तासको आयात प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।
यसबाहेकका सामग्रीको आयात प्रतिबन्ध आगामी असोज २८ गतेसम्म लम्ब्याइएको छ । यस बाहेकका प्रतिबन्धित सामग्रीमा गाडी, मोटरसाइकल, मोबाइल तथा मदिरा रहेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उच्च आयातका कारण विदेशी विनिमय सञ्चितिमा ह्रास आएको भन्दै गत वैशाखमा १० प्रकारका विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।
यो प्रतिबन्ध शुरुमा गत आर्थिक वर्षको अन्तिम दिनसम्म लगाइएकामा मन्त्रालयले पछि लम्ब्याएर भदौ १४ सम्मका लागि लागू हुने निर्णय गरेको थियो । प्रतिबन्ध लम्ब्याउने बेला प्रतिबन्धित सूचीमा केही वस्तुहरु थपघट सहित संशोधन पनि गरेको थियो ।







काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



