
काठमाडौं, १७ भदौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले असोज ९ गते बिहान ११ बजे अकामा होटल धुम्बाराही काठमाडौंमा नवौं वार्षिक साधारण सभा बोलाएको छ । उक्त साधारण सभामा आईपीओ निष्कासन गर्ने लगायतका प्रस्ताव लगिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उक्त साधारण सभाले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको शेयर बिक्री तथा बाँडफाँट गर्ने र आईपीओ निष्कासनबाट प्राप्त हुने रकमको उपयोग सम्बन्धी योजना तथा रणनीतिहरु समेत निर्धारण गर्नेछ ।
साधारणसभाका अन्य एजेण्डामा अधिकृत पूँजी वृद्धि गर्ने लगायतको कामको लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गर्ने साथै संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना महिला सञ्चालक चयन गर्ने पनि रहेको छ ।
कम्पनीले रसुवा जिल्लाको उत्तरगया गाँउपालिकामा १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।






काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित… 



