आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबीच सेवा सम्झौता

-



     सफल आवाज    
     भाद्र २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ भदौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबीच सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकका सहायक महाप्रबन्धक आकाश बिक्रम थापाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट बीवाईडी ब्रान्डका सवारी साधनहरुको बीमा गरेका ग्राहकले कुनै पनि किसिमको दुर्घटना परेर सवारी साधनको क्षति भएमा नक्सालमा रहेको साइमेक्स इंकको सहकार्यमा सहज सेवा प्राप्त गर्न सक्ने आइएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले जानकारी दिए ।

यसबाहेक अबदेखि साइमेक्स इंकबाट बिक्री वितरण हुने बीवाईडी ब्रान्डका सम्पूर्ण सवारी साधनको बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्ने र बीमापछि कुनै पनि दुर्घटनामा परेर क्षति भएमा त्यसको सहज र सरल तरिकाबाट नगदरहित दावी भुक्तानी गर्नेगरी दुवै कम्पनी बिच सहमति पनि भएको छ ।

रेग्मीका अनुसार लामो दावी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उद्देश्यले कम्पनीबाट बीमा भएको चारपांग्रे निजी सवारी साधनको दुर्घटनामा क्षतिग्रस्त भएर मर्मत संभार गर्नु पर्ने भएमा साइमेक्स इंकको मर्मत केन्द्रमा लगिएमा मर्मत संभारको सबै खर्च बीमा कम्पनीले साइमेक्स इंकलाई सिधै भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ ।