बजाज एनएस १२५ को बुकिङ खुला

-



     सफल आवाज    
     भाद्र २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ भदौ । बजाज एनएस १२५ बुकिङ खुल्ला गरिएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी गोल्छा ग्रुपअन्तर्गतको एचएच बजाजले एनएस १२५ को बिक्री खुलाएको हो । यसको मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

कम्पनीका अनुसार नेपालभर रहेका बजाजको शोरुमबाट एनएस १२५ बुकिङ गर्न सकिने छ भने यसको डेलिभरी कम्पनीले केही समयपछि सुरु गर्नेछ । पल्सर सिरिजकै सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ एनएस सिरिजकै बडी डिजाइनमा तयार गरिएको कम्पनीले जनाएको छ ।

यसमा १२४.४५ सीसीको सिंगल सिलिण्डर एयरकुल्ड, २ भल्भ इलेक्ट्रोनिक्स एफआई इन्जिनको प्रयोग गरिएको छ । यो इन्जिनको अधिकतम पावर १२ पीएस अधिकतम टर्क ११ एनएम रहेको छ भने यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

यो मोटरसाइकलको अगाडि टेलिस्कोपिक फर्क र पछाडि निट्रो मोनोशक दिइएको छ भने अगाडि २४० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक उपलब्ध छ । कम्बी ब्रेकिङ सिस्टम, १७ इन्चको अलोय ह्वील, १२ लिटरको इन्धन ट्याङ्क, १७९ एमएमको ग्राउन्ड क्लियरेन्सलगायतका सुविधा यसमा उपलब्ध छ ।

यसबाहेक ट्याङगुलर हेलोजिन हेडल्याम्प, सेमि डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, एलइडी टेल ल्याम्प, बल्ब इन्डिकेटर जस्ता विशेषता पनि एनएस १२५मा पाउन सकिने कम्पनीले जनाएको छ ।