अपी पावरले ५६ करोडको हकप्रद जारी गर्ने

-



     सफल आवाज    
     असाेज २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ असोज । अपी पावर कम्पनी लिमिटेडले कात्तिक १४ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.४७ कित्ता शेयर को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद जारी गर्नेछ।

हकप्रद निष्काशनका लागि कम्पनीले २०७६ चैत १ गते शेयर दाखिला खारेजी ९बुकक्लोज० गरेको थियो। यसअनुसार फागुन ३० गतेसम्म कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।