टाटाको ‘बडा पर्वको बडा अफर’

-



     सफल आवाज    
     असाेज ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ असोज । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले चाडपर्वको उपलक्ष्यमा ‘बडा पर्वको बडा अफर’ योजना ल्याएको छ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत टाटाका हरेक गाडी किन्दा २ लाख रुपैयाँसम्म छुट पाइनेछ । यसबाहेक १ वर्षको सडक कर, सरल  फाइनान्सिङको सुविधा, एक्सचेन्ज बोनस लगायतका सुविधाहरु पनि उपलब्ध हुने अफरमा कम्पनीले जनाएको छ ।

यो योजना अन्तर्गत ३ वर्षसम्मको वारेन्टी पनि उपलब्ध गराइएको छ । यो योजना स्टकमा रहेका सीमित गाडीहरुका लागि मात्र ल्याइएको  कम्पनीको भनाइ छ । सिप्रदीले हाल टाटाको टियागो, नेक्सन, एच५, टिगोर, सफारी, एनआरजी, अल्ट्रोज, नेक्सन इभी र टिगोर इभी मोडलका गाडीहरु बिक्री वितरण गरिरहेको छ ।