सान्जेन जलविद्युतकाे सेयरमा आवेदन दिने म्याद थप, कहिलेसम्म दिने आवेदन ?

-



     सफल आवाज    
     असाेज ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ असाेज । सान्जेन जलविद्युत कम्पनीकाे सेयरमा आवेदन दिने म्याद असोज ३० गतेसम्म थप गरिएकाे छ । कम्पनीले कम्पनीले भदौ ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर जारी गरेकाे थियाे ।

सेयरमा लगानी गर्नका लागि असोज ४ गते मंगलबार सम्मका लागि म्याद तोकिएकोमा बढाएर असोज ३० गतेसम्म पुर्याइएको छ । ताेकिएकाे अवधिसम्म माग अनुसारकाे आवेदन नपरेपछि म्याद थप गरिएकाे हाे ।

सान्जेनले जलविद्युत कम्पनीले रु १०० अंकित दरमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको छ। आयोजनाबाट अति प्रभावित मानिने आमाछोदीङमो गाउँपालिकाकाे वडा नं ५ चिलिमे र आयोजनाकाे प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिकाकाे वडा नं. ४ का गोल्जुङका स्थानियले आवेदन दिन पाउनेछन् ।

उता आमाछोदिङमो गाउँपालिकाका वडा नं १, २, ३ र सामान्य प्रभावित भएका रसुवाका सबै जनताले आवेदन पेश गर्न पाउनेछन् । लगानीकर्ताले घटीमा १० तथा बढीमा ७०० कित्ताका लागि आवेदन पेश गर्न पाउनेछन् ।

कम्पनीकाे सेयरकाे नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यसकाे सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् ।