यस्ताे छ नाडा ईभी एक्सपोमा नबिल बैंकको इलेक्ट्रिक गाडी कर्जा सम्बन्धी विशेष योजना

-



     सफल आवाज    
     असाेज ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ असाेज । नबिल बैंकले चाडपर्वकाे अवसर पारेर इलेक्ट्रिक गाडीकाे कर्जा सम्बन्धी विशेष योजना ल्याएको छ।  बैंकले याे याेजना अनुसारकाे सुविधा नाडा ईभी एक्सपो-२०२२ मा उपलव्ध गराउने भएकाे छ ।

नाडाले असोज ६ गतेदेखि असोज ९ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजना गर्न लागेकाे छ । बैंक नाडा ईभी एक्सपो–२०२२ मा सहभागी भएर ग्राहकका लागि निःशुल्क क्रेडिट कार्ड र विशेष छुट दिने भएकाे छ।

बैंकले वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेको बताउँदै विशेष छुटकाे अफर ल्याएकाे बताएकाे छ ।

नाडा ईभी एक्सपोमा बैंककाे स्टल नं. जी–१२ रहेकाे छ । साे स्टलबाट ग्राहकलाई ऋण मूल्यांकन गरेर कर्जा स्वीकृतिपत्र पनि दिइने सुविधा रहेकाे बैंकले जनाएकाे छ।