
काठमाडौं, ६ असोज । अर्थमन्त्री जनार्दन शर्माले केही वर्षमा विश्व ग्रीन हाइड्रोजनबाट चल्ने गाडीको युगमा जाने बताएका छन् । आजबाट शुरु भएको नाडा इभि एक्स्पो २०२२ को उद्घाटनका क्रममा मन्त्री शर्माले अब पेट्रोलियम इन्धनको युग समाप्त भएकोले हामीहरु पनि केही वर्षपछि हाइड्रोजन गाडीको युगमा प्रवेश गर्न तयार हुनुपर्ने बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि शर्माले डिजेल र पेट्रोलको युग समाप्त भएकाले इभिमा अगाडि बढ्दै बिस्तारै हाइड्रोजन इन्धनयुक्त सवारीतर्फ उन्मुख हुने तयारी गर्न नाडालाई आग्रहसमेत गरे । पेट्रोल इन्धनयुक्त गाडीलाई छोडेर इभिमा अगाडि बढ्दै बिस्तारै हाइड्रोजन इन्धनयुक्त सवारीतर्फ उन्मुख हुने तयारी गर्न नाडालाई उनको आग्रह थियो ।
सरकारले इभिलाई मात्रै प्राथमिकतामा राखेर नीति बनाइरहेको बताउँदै उनले पेट्रोलियमको खपत कम गर्न अध्ययन समिति गठन भएको जानकारी पनि दिए । मन्त्री शर्माका अनुसार समितिले हामी देश कति वर्षभित्र विद्युतीय सवारी मात्रै आयात गर्न सक्ने अवस्थामा पुग्छ भन्ने बारेमा अध्ययन गर्नेछ ।

विद्युतीय गाडी नेपालमै एसेम्बल गर्ने प्लान्ट लगाउँदा सरकारले सहयोग गर्ने उनले बताए । हरित ऊर्जामा लगानी गर्न आग्रह गर्दै मन्त्री शर्माले अहिले सरकारको नीति आयात घटाउने र निर्यात बढाउने भएकोमा जोड दिए । एसेम्बल प्लान्ट लगाउँदा गाडी आयात गर्नुनपर्ने र कच्चा पदार्थमात्र आयात गर्दा कम विदेशी मुद्रा बाहिरिने र रोजगारी सिर्जना हुने पनि उल्लेख गरे ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




