
स्याङ्जा, ८ असाेज । आँधिखोला लघुवित्त वित्तीय संस्थाले मर्जर सम्वन्धी विशेष प्रस्ताव पास गर्दे विशेष साधरण सभा सम्पन भएकाे छ । सभामा संचालक समितिको तर्फवाट अध्यक्ष नरेश केसी द्धारा प्रस्तुत मर्जर सम्वन्धी प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरिएकाे थियाे ।
साधारण सभाको संचालन कम्पनी सचिव वावुराम कुँवरले गरेका थिए भने कार्यक्रमको उद्धघाटन संचालक समितिका अध्यक्ष नरेश केसीले गरेका थिए । स्वागत मन्तव्य संचालक सावित्रा दवाडी पौडेलले गरेकी थिइन। धन्यवाद ज्ञापन संचालक युक्त वहादुर सुवेदीले गरेका थिए । संस्थाले हाल ११ जिल्लामा १९ शाखा कार्यालय मार्फत कार्यक्रम संचालन गर्दै आएको र पोखरामा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त सँग मर्जर पश्चात सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नामवाट कार्य गर्नेछ ।
विशेष साधरण सभामा मर्जर समितिका संयोजक तथा पव्लिक सञ्चालक विद्या श्रेष्ठले मर्जर प्रकृया र दुई संस्था विचको मर्जरले आगामी दिनमा गण्डकी प्रदेशको एक सवल र उत्कृष्ट लघुवित्तको रुपमा सिवाइसी नेपाल लघुवित्त वन्ने र लगानीकर्ताहरु लगानी सदाका लागी शुरक्षित रहने धारणा ब्यक्त गरे ।

मर्जर पश्चात संस्थाको केन्द्रिय कार्यालय पोखरा महानगरपालिका ८ सभागृहचोकमा रहने र संस्थाको प्रमुख कार्यकारी अधिकृत र अध्यक्ष समेत सिवाईसी नेपालका साविकका पदाधिकारी नै रहनेछन। धितोपत्र कारोवार मर्जर प्रकृयाका कारण २०७९ असार २३ देखि नै वन्द रहेको दुवै संस्थाले एकिकृत कारोवार आश्विन मसान्त भित्रै गर्नका लागि मर्जर तालिकामा सो्ही अनुरूप कार्ययोजना पेश गरेको वताएका छन ।
मर्जरपश्चात आधिखोला लघुवित्त वित्तीय संस्थाको स्वीकृत १९ प्रतिशत वोनस शेयर समेत तत्कालिन लगानीकर्ताहरुको खातामा आउने वताइएकाे छ । विशेष साधारण सभावाट दुवै संस्थाले एकैदिन छुट्टाछुट्टै स्थानमा मर्जर सम्वन्धी संयुक्त प्रस्ताव पास गरेको आँधिखोलाका कम्पनी सचिव तथा नायव कार्यकारी प्रमुख वावुराम कुँवरले सफल आवाजलाई वताए ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



