चारपांग्रे सवारी साधनलाई न्यूरोड प्रवेशमा किन लगाइयाे राेक ?

-



     सफल आवाज    
     असाेज ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ असोज। चारपांग्रे सवारी साधनलाई न्यूरोड प्रवेशमा रोक लगाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अाजबाटै लागु हुनेगरि चाडपर्वको समयमा हुने चाप घटाउन न्युरोड गेटबाट सावारी साधनलाई प्रवेशमा रोक लगाएको बताएकाे छ ।

यात्रुवाहक, मालवाहक तथा निजी चारपांग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाइएको बताइएकाे छ । यो व्यवस्था यही असोज १६ गते फूलपातीसम्म कायम रहने कार्यालयले जनाएको छ ।

फूलपातीको दिनसम्म बिहान १० बजेदेखि साँझ सवारी चाप कम नभएसम्मका लागि न्युरोड प्रवेश गर्ने सवारी साधनलाई खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।