
काठमाडाैं, ८ असाेज । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले दसैँ,तिहार लगायतका ठुला चाडपर्वलाई लक्षित गरी ‘जति किन्यो त्यति नै जित्याे’ दसैँ धमाका अफर सार्वजनिक गरेको छ । फोन पेको सहकार्यमा यो अफर सार्वजनिक गरेकाे सेल्सबेरीले जनाएको छ ।
याे याेजना अन्तरगत फोन पे क्यूआर मार्फत भुक्तानी गर्ने ग्राहकहरुले ५४ दिनसम्म दैनिक १ जना, साप्ताहिक १६ जना र सरप्राइज ४ जना विजेताले भुक्तानी गरेको रकम बराबरको निःशुल्क सपिङ गर्न पाउने बताइएकाे छ ।
५ जना भाग्यशाली विजेताले १ लाख बराबरको निःशुल्क सपिङ गर्ने अवसर पाउने सेल्सबेरीले जनाएको छ । विजेताको छनोट फेसबुक लाइभ मार्फत गरिनेछ । याे याेजना ३० कात्तिकसम्म लागू हुने सेल्सबेरीले जनाएको छ ।
सेल्सबेरीका विभिन्न शाखा तथा सेल्वेजकाे पोखरा शाखामा सपिङ गर्दा फोनपे मार्फत भुक्तानी गर्ने ग्राहकहरु यस योजनामा सहभागी हुन पाउनेछन् । विजेता ग्राहकले खरिद गरेको पसलबाट उक्त रकम बराबरको सपिङ निःशुल्क पाउने सेल्सबेरी डिपार्टमेन्ट स्टोरले जनाएको छ ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



