
काठमाडौं, १० असोज । नेपालमा चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती दुई महिनामा १ अर्ब ३२ करोडभन्दा बढीका १ हजार ८ सयभन्दा बढी विद्युतीय सवारी साधन आयात भएको छ ।
भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७९/८० को भदौ मसान्तसम्मको समग्र आँकडा अनुसार नेपालमा १ अर्ब ३२ करोड ४२ लाख ७३ हजार रुपैयाँ बराबरका १ हजार ८ सय ५९ थान विद्युतीय सवारी भित्रिएका हुन् । यी सवारी साधनमा विद्युतीय कार, जीप र भ्यान र तीन पाङ्ग्रे सवारी रहेका छन् । यो सूचीमा विद्युतीय मोटरसाइकल तथा स्कुटरहरुलाई समावेश गरिएको छैन ।
नेपाल भित्रिएका समग्र १ हजार ८ सय ५० विद्युतीय सवारीमध्ये सबैभन्दा धेरै छिमेकी राष्ट्र चीनबाट १ हजार २७१ थान आएका छन् । त्यसपछि अर्को छिमेकी राष्ट्र भारतबाट ५ सय १६ थान विद्युतीय गाडी आएको प्रतिवेदनमा उल्लेख छ।

चीनबाट आयात भएकामध्ये ४० ओटा १०० किलोवाट क्षमतासम्मका कार, जीप तथा भ्यान रहेका छन् । यसैगरी यो अवधिमा चीनबाट १ हजार २३१ ओटा तीन पाङ्ग्रे सवारी आयात भएको छ । यीमध्ये १०० किलोवाट क्षमतासम्मका ४० सवारीको मूल्य ९ करोड ७६ लाख ३२ हजार तथा १ हजार २३१ थान तीनपाङ्ग्रे सवारीको मूल्य १० करोड ६५ लाख ९७ हजार रुपैयाँ रहेको छ।
यसैगरी भारतबाट आयात भएका ५ सय १६ विद्युतीय सवारी साधनमध्ये ३ सय २ थान १०० किलोवाट क्षमतासम्मका कार, जीप र भ्यान रहेका छन् । त्यसबाहेक बाँकी २ सय १४ थान भने तीनपाङ्ग्रे सवारी भित्रिएको देखिन्छ । तीमध्ये कार, जीप र भ्यानको मूल्य ८२ करोड ५ लाख ५४ हजार रुपैयाँ रहेको छ । यस्तै तीनपाङ्ग्रे सवारीको समग्र मूल्य २३ करोड ३२ लाख ७० हजार रहेको छ ।

यसबाहेक गणतन्त्र कोरियाबाट १०० किलोवाटसम्मका ५८ तथा १०० देखि २०० किलोवाटसम्मा ८ ओटा विद्युतीय सवारी आयात भएका छन् । यिनीहरुको मूल्य क्रमश: २१ करोड ५८ लाख १० हजार तथा ३ करोड ७५ लाख ८४ हजार रहेको विवरणमा उल्लेख छ ।

अमेरिकाबाट १०० देखि २०० किलोवाट क्षमताका २ थान तथा २०० देखि ३०० किलोवाट क्षमताका २ थान गरी जम्मा ४ थान विद्युतीय सवारी आएका छन् । यीमध्ये १०० देखि २०० किलोवाट क्षमताका गाडीको ९५ लाख ९६ हजार तथा २०० देखि ३०० किलोवाट क्षमताका गाडीको मूल्य १ करोड ३१ लाख ८२ हजार रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको शुरुवाती दुई महिनामा आयात भएका समग्र १ हजार ८ सय ५९ विद्युतीय सवारीबाट सरकारले ४५ करोड ३७ लाख २३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

हालै नेपाल अटोमोबाइल डिलर्स एसोसियशनले विद्युतीय सवारीहरु मात्र समेटेर नाडा इभि एक्स्पो २०२२ सम्पन्न गरेको छ । एक्स्पोमा ठूला तथा साना गरी विभिन्न ५१ ओटा स्टल र ब्लकहरु राखिएको थियो । ९ ओटा ब्राण्डका चार पाङ्ग्रे , एउटा तीन पाङ्ग्रे, १६ वटा ब्राण्डका दुई पाङ्रे सवारी साधनहरु प्रदर्शनी गरिएको थियो ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




