जगदम्बा मोटर्सले गर्यो ३ नयाँ शोरुमको उद्घाटन

-



     सफल आवाज    
     असाेज १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ असोज । जगदम्बा मोटर्सले आफ्न तीन नयाँ शोरुम उद्घाटन गरेको छ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनीले दसैंको शुरुवातमा आफ्ना थप तीन ओटा शोरुम विस्तार गरेको हो ।

लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दिपेन्द्रकुमार अधिकारीको प्रमुख अतिथ्यमा परासीको बर्दाघाटमा फुटप्रिन्ट अटो हब प्रा.लि, बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको प्रमुख अतिथ्यमा काठमाडौंको कपनमा यु आर मोटर्स एन्टरप्राइज प्रा.लि  र जिल्ला उद्योग वाणिज्य संघ घोराहीका अध्यक्ष टंक बुढाथोकीको प्रमुख अतिथ्यमा दाङ्गको घोराहीमा नेबेल ट्रेडिङ्ग गरी ३ औटा शोरुम एकै दिन उद्घाटन गरिएको कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीले नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ बजारमा आफ्नो मजबुत पकड राख्न सफल छ ।

गुणस्तरीय उत्पादन, बिक्रीपछिको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित रहेको कम्पनीको दावी छ ।