साझाका ३७ बिजुली बस कोदारी राजमार्गबाट ल्याइँदै

-



     सफल आवाज    
     असाेज १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ असोज । साझा यातायातले कोदारी राजमार्गबाट ३७ ओटा बिजुली बस काठमाडौं ल्याउँदैछ । साझा यातायातले आज ट्वीट मार्फत ३७ ओटा बिजुली बस चीनको न्यान्जिङ शहरबाट कोदारी राजमार्ग हुँदै काठमाडौंको यात्रा शुरु गरेको जानकारी दिएको हो ।

साझा यातायातले २०७७ चैत १३ गते ४० वटा विद्युतीय बस खरिदका लागि ग्लोबल टेण्डर आह्वान गरेको थियो । साझालाई विद्युतीय बस बिक्री गर्नका लागि ९ ओटा चिनियाँ कम्पनीले प्रस्ताव पेश गरेका थिए । तीमध्ये सीएचटीसी किनवेन (नान्जिङ) कम्पनी छनोट भएको थियो ।

कम्पनीबाट उत्पादित ३ ओटा विद्युतीय बस परीक्षणका लागि गत असारमा नेपाल ल्याइएको थियो। सफल परीक्षणपछि बस अहिले काठमाडौं उपत्यकामा चलिरहेका छन् । ४० वटा विद्युतीय बस र तिनलाई आवश्यक पर्ने २० वटा चार्जिङ स्टेसनका लागि करिब ४५ करोड रुपैयाँ खर्च भएको साझा यातायातले जनाएको छ ।