
काठमाडौं, २४ असोज । टेस्लाले चीनमा रहेको प्लन्टबाट निर्मित कार बिक्रीमा नयाँ कीर्तिमान कायम गरेको छ । चीनको शांघाईमा रहेको प्लान्ट स्तरोन्नति गरेर उत्पादन गरेपछि टेस्लाले कार बिक्रीमा उक्त कीर्तिमान कायम भएको हो ।
टेस्लाले सेप्टेम्बरमा चीनमा निर्मित ८३ हजार १३५ कार डेलिभरी गरेको र यो आँकडा चीनमा निर्मित मासिक कार बिक्रीको अहिलेसम्मकै उच्च रहेको चाइना प्यासेन्जर कार एसोसिएसनले जनाएको छ ।
गत जुनमा पनि कम्पनीले सबैभन्दा धेरै ७८ हजार ९०६ कार डेलिभरी गरेको थियो । टेस्लाले सन् गत अगस्टको तुलनामा सेप्टेम्बरमा ८ प्रतिशत धेरै कार डेलिभरी गर्दै मासिक हिसाबले नयाँ कीर्तिमान कायम गरेको हो ।
२०१९ को डिसेम्बरदेखि शांघाईको प्लान्टबाट कार उत्पादन सुरू गरेको टेस्लाले त्यसयता एक महिनामा यति धेरै कार डेलिभरी गरेको यो पहिलो पटक भएको बुझिएको छ । गत जुलाईमा उक्त प्लान्ट स्तरोन्नतिका लागि अधिकांश उत्पादन स्थगन गरेपछि डेलिभरी छिटो भएको टेस्लाले जनाएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




