
काठमाडौं, २७ असोज । महावीर अटोमोबाइल्सले भारतीय कम्पनी जोय ई–बाइकका विभिन्न मोडल नेपाली बजारमा उपलब्ध गराएको छ । गत असोज ६ देखि ९ गते सम्म आयोजित नाडा ईभी एक्स्पो २०२२ मा पहिलोपटक कम्पनीले जोय ई–बाइकका विभिन्न मोडल सार्वजनिक गरेको थियो । जोय-ई बाइकका विभिन्न मोडल छिट्टै बिक्रीका लागि आधिकारिक रुपमा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।
जोय ई–बाइकका बिस्ट, थन्डरबोल्ट, स्काइलाइन र हरिकन गरी चार मोडल नेपाली बजारमा उपलब्ध छन् । यी सबै बाइकमा ५ हजार वाटको मोटर जडान गरिएको छ । बिस्ट, थन्डरबोल्ट र स्काइलाइनमा ७२ भोल्ट ७२ एम्पियरका ब्याट्री छन् । हरिकनमा ७२ भोल्ट ६६ एम्पियरको ब्याट्री राखिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नर्मल मोडमा चलाउँदा यी बाइकले ११० किलोमिटर र स्पोर्ट मोडमा चलाउदा १६० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छन् । ब्याट्रीमा ३ वर्ष र मोटर तथा कन्ट्रोलरमा १ वर्षको वारेन्टी उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

कम्पनीले नेपाली बजाररका लागि बिस्टको मूल्य ४ लाख ८६ हजार ९ सय, स्काइलाइनको ४ लाख ७१ हजार ९ सय, थन्डरबोल्टको ४ लाख ८१ हजार ९ सय र हरिकेनको ४ लाख ७५ हजार ९ सय रुपैयाँ तोकेको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




