
काठमाडौं, ३० असोज । ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार चारसयभन्दा बढी चालक कारबाहीमा परेका छन् । प्रहरीले शनिबार विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ४ सय ७ चालकलाई कारबाही गरेको हो ।
यसरी कारबाहीमा पर्ने चालकहरुमा नम्बर प्लेट स्पष्ट नराख्ने ४ सय ४६ र दिउँसै मापसे गरी सवारीसाधन चलाउने ४ जनासमेत रहेका छन् । यो आँकडा काठमाडौं उपत्यका शनिबार गरिएको विशेष सवारी जाँच अभियानका क्रम कारबाहीमा परेका चालकहरुको हो । कारबाहीमा परेका अन्य चालकहरुमा तीव्र गतिमा सवारी चलाउने १ सय ५५, अनावश्यक हर्न बजाउने ५ जना र ठूलो आवाज निकाल्ने २ मोटरसाइकलका चालक रहेका प्रहरीले जनाएको छ ।
यसैगरी अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ७ सय ८८ चालक पनि यसमा समावेश छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्पष्टरूपमा नम्बर नदेखिने र मापदण्डअनुसार नम्बरप्लेट नराख्ने सवारीसाधनको जाँच अभियानलाई कारबाही अभियान थालेको छ । यसबाहेक सवार मोडिफिकेशन गर्ने तथा ठूलो आवाज निकालेर मोटरसाइल लगायत सवारी चलाउनेलाई पनि कारबाही गर्दै आएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




