टिभिएसको एक्सचेन्ज मेला आजबाट

-



     सफल आवाज    
     असाेज ३१ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३१ असोज । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सको आयोजनामा आजबाट ‘भिएस ग्रेट एन्ड ग्राण्ड एक्सचेञ्ज मेला’ शुरु भएको छ । आज असोज ३१ बाट सुरु भएको यो मेला कार्तिक ५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने कम्पनीले जनाएको छ । मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कर्षक छुट तथा उपहारहरु पाउने छन् ।

कम्पनीका अनुसार मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको मोटरसाइकल र स्कुटर लिँदा बजार मूल्याङ्कन भन्दा ७ हजार बढी मूल्याङ्कन तथा नकिन्दै १ लाख र किन्दा १० लाख सम्मको नगद छुट पाउनेछन् ।

यो योजनामा कम्पनीले आकर्षक फाइनान्स अफर पनि समावेश गरेको छ जस अन्तर्गत न्यूनतम २५% डाउनपेमेन्ट र ४,२७७ रुरपैयाँको मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने बताइएको छ ।  

जगदम्बा मोटर्स प्रा लि नेपालमा टिभिएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा  ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल भएको कम्पनीको दावी छ ।