लङ रेन्जको विद्युतीय गाडी एमजी जेडएस ईभीकाे बुकिङ खुल्याे, छिट्टै ल्याइदै‌

-



     सफल आवाज    
     कार्तिक २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ असोज । पारामाउन्ट मोटर्स प्रालिले लङ रेन्जको विद्युतीय गाडी एमजी जेडएस ईभी केहि हप्तामै नेपाल ल्याउने बताएकाे छ । यसका लागि कम्पनीले गाडी भित्रिनु अघि नै बुकिङ खुलाएकाे छ ।

नेपालका लागि एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालि रहेकाे छ । कम्पनीले साे लङ रेन्जको विद्युतीय गाडी एमजी जेडएस ईभी छिट्टै ल्याउन लागेकाेले बुकिङ खुलाएकाे बताएकाे छ ।

कम्पनीले दिएकाे जानकारीका अनुसार गाडीकाे ४४० किलाेमिटर रेन्ज रहेकाे छ । यस्काे ग्राउन्ड क्लियरेन्स १७५ मिमी रहेको छ। ७२.६ किलोवाट आवर विद्युतीय गाडीको ब्याट्री रहेकाे छ ।

यस्ता छन् फिचर

गाडीमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली जडान गरिएकाे छ । डिजिटल ड्राइभर डिस्प्ले ७ इन्चको रहेकाे छ । एमजी जेडएस ईभीको इन्टेरियर र एक्स्टेरियरमा सज्जिएकाेले आकर्षक देखिन्छ। यसमा रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन रहेकाे छ । हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्प रहेका छ्न् ।

एमजी जेडएस ईभीमा ११५ किलोवाटको पावर र २८० एनएम टर्ककाे स्थायी म्याग्नेट सिन्क्रोनस मोटर रहेकाे छ । यो गाडी ८.५ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको दरमा गूड्न सक्ने क्षमताकाे छ ।

नेपाली बजारमा जेडएस ईभीको लङ रेन्जको मूल्य ८१ लाख ९९ हजार रुपैयाँ रहेकाे छ । यही दरमा अहिले बुकिङ खुलाइएकाे कम्पनीले जनाएकाे छ ।