राष्ट्र संघीय मानव अधिकार परिषदमा नेपाल दोस्रो पटक निर्वाचित

-



     सफल आवाज    
     असाेज २८ गते २०७७ मा प्रकाशित



काठमाडौं, २८ असोज । संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा नेपाल निर्वाचित भएको छ । नेपाल लगातार दोस्रो पटक परिषदको सदस्यमा निर्वाचित भएको हो ।

मंगलबार राति राष्ट्र संघ मुख्यालयमा मतदान भएको थियो । नेपाल सन् २०१८ देखि यसको सदस्य रहँदै आएको छ । मतदानमा नेपालले १५० भोट प्राप्त गरेको थियो । अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहने छ । सियाबाट नेपालसहित चीन, पाकिस्तान र उजबेकिस्तान निर्वाचित भएका छन् ।